काठमाडौं । सुकुमबासी बस्ती हटाउने क्रममा प्रभावित परिवारको व्यवस्थापन र राहत ‘साइट’मै उपलब्ध गराइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिबार बिहानदेखि खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्काल खानाको व्यवस्था गर्ने सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानान्तरण हुनेहरूका लागि शनिबार र आइतबार सरकारले नै प्याकेट खाना उपलब्ध गराउने पनि जनाइएको छ ।
विज्ञप्तिअनुसार पुनःस्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको छ ।
सुकुम्बासीलाई राख्नका लागि हाल चयन गरिएका संरचनाहरू यसअघि नै निर्माण गरिएका हुन्, जसलाई अब वास्तविक सुकुमबासी व्यवस्थापनका लागि पूर्ण रूपमा प्रयोगमा ल्याइने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया