सुर्खेत । एकनाले भरूवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेमा बराहताल गाउँपालिका–४ छाप्रे बस्ने ५३ वर्षीय शेर बहादुर राना रहेका छन् ।
उनलाई एकनाले भरूवा बन्दुक १ थान सहित आज बिहान पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट तरंगाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया