यस्तो छ निजामती विधेयक प्रतिवेदनको मस्यौदा [पूर्णपाठ]

लोकपथ
203
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मस्यौदामा आवश्यक सुधार गर्न विभिन्न क्षेत्रका सरोकारवालाको राय लिन सार्वजनिक गरिएको बताइन् ।

उनले मस्यौदामा प्राप्त सुझाव र प्रतिक्रियालाई समेटेर विधेयक परिमार्जन गरिने र त्यसपछि मन्त्रिपरिषदमा पेश गरिने जानकारी दिइन् ।

मन्त्रिपरिषदबाट स्वीकृत भएपछि विधेयक संघीय संसद सचिवालयमा दर्ता गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विधेयकलाई व्यवहारिक र प्रभावकारी बनाउन सुझाव संकलन प्रक्रिया महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?