काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद थप गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो ।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छासहित अन्य व्यक्तिको मिलेमतोमा ऐनको दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुर भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। उक्त प्रतिवेदन २०८३ मा केन्द्रीय अनुसन्धान ब्युरोमा प्राप्त भएपछि अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया