काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अतिक्रमित जग्गामा रहेका घरटहरा हटाउने क्रममा अत्यधिक बल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले सबै प्रक्रिया संयमित र मानव अधिकारमैत्री ढंगले अघि बढाउन आग्रह गरेको हो ।
आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा सुकुम्बासीसम्बन्धी विगतका सिफारिसहरूको कार्यान्वयनबारे पनि सरकारसँग प्रगति विवरण माग गरिएको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेका अनुसार वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन नगरी घरटहरा हटाउने कार्य नगर्न ध्यानाकर्षण गराइएको छ ।
आयोगले बागमती किनारलगायत काठमाडौंका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुमबासी बस्ती हटाउने तयारीप्रति चासो व्यक्त गर्दै सर्वोच्च अदालतका आदेश र आफ्ना सिफारिसहरू कार्यान्वयन गर्न पनि सरकारलाई स्मरण गराएको छ ।
साथै, अतिक्रमित क्षेत्र खाली गराउने क्रममा कुनै पनि प्रकारको अत्यधिक बल प्रयोग नगर्न र संवेदनशील भएर कार्य गर्न सरकारलाई निर्देशन दिएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया