काठमाडौं । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले सुरक्षाको माग गर्दै उपकुलपतिलाई पत्र लेखेका छन् ।
बुधबार आफूलाई सामाजिक अभियन्ता बताउने केही व्यक्तिहरु प्रतिष्ठानमा पुगेर कर्मचारीहरुमाथि धम्की दिएका हुन् ।
समूहमा आएका युवाहरुको समूहले त्यहाँ रहेका शिक्षक, कर्मचारी तथा चिकित्सकहरुलाई धम्की दिएको भिडियो समेत सार्वजनिक भएको छ ।
कर्मचारीहरुले सामूहिक रुपमा विज्ञप्ति जारी गर्दै आफूहरुलाई ती युवाहरुले पटकपटक हातहतियारसहित आएर धम्की दिएको बताएका छन् ।
‘केही व्यक्ति प्रतिष्ठानको विभिन्न विभागमा गइ कर्मचारीलाई गालीगलौज र धाकधम्की दिएको यसै शिलशिलामा शैक्षिक भवनको प्राङ्गणमा रहेको चमेना गृहमा प्रवेश गरी त्यहाँ रहेको कर्मचारीलाई अभद्र व्यवहार गरिएको र सोही समयमा ज्यान मार्ने धम्की दिई बाहिर आउन भनेकोमा निज व्यक्तिहरु पुनः करिब ३ः५० बजेतिर प्राङ्गणभित्र मदिरा र लागुऔषध सेवन गरी हातहतियारसहित प्रवेश गरी कर्मचारीलाई साङ्घातिक हमलाको प्रयास गरेको सन्दर्भमा हामी सम्पूर्ण कर्मचारी तथा शिक्षकहरु र चिकित्सकहरु असुरक्षित महसुस गरेको र सो घटनामा संलग्न कथित अभियन्ताहरुलाई लिखित वा मौखिक रुपमा माफी मागी सम्पूर्ण कर्मचारी, शिक्षक तथा चिकित्सकहरुको सुरक्षाको जिम्मेवारी लिनुपर्ने र आवश्यक कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूती गर्ने माग गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त समूहमा आएका केही व्यक्तिहरु दिनहुँजसो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर आफूलाई अभियन्ता बताउँदै कर्मचारीहरुको हुर्मत लिने गरेको समेत पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया