सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन माग गर्दै महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लोकपथ
35
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चार माध्यमलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाह लाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई दबाब दिँदै उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो । महासंघले सो निर्णय संविधान, कानून तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको दाबी गर्दै त्यसलाई कार्यान्वयन नगर्न स्थानीय र प्रदेश सरकारलाई समेत सचेत गराएको जनाएको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्मा ले सरकारको कदमप्रति गम्भीर आपत्ति जनाउँदै निर्णय फिर्ता नलिए अन्तर्राष्ट्रियकरणसम्म गर्ने चेतावनी दिइन् । उनले सञ्चार मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिप्रति पनि कडा विरोध जनाउँदै समाचार सामग्रीको अनुगमन प्रेस काउन्सिल नेपाल ले गर्ने भएकाले त्यसको स्वायत्तता सुनिश्चित गर्नुपर्ने माग राखिन् ।

महासंघले सामाजिक सञ्जाल नियमनका नाममा सरकारबाट आएका कदमले सञ्चार क्षेत्रलाई तर्साउने प्रयास भएको आरोपसमेत लगाएको छ । साथै, सरकारी सूचना तथा विज्ञापन वितरणलाई पारदर्शी बनाउन प्रेस काउन्सिलमार्फत व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ ।

सरकारले सरकारी सूचना तथा विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने निर्णय गरेपछि महासंघले त्यसविरुद्ध आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?