महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

लोकपथ
56
Shares

काठमाडौं । महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको नियुक्ति योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएका तीनवटा रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार डा.कँडेलको नियुक्तिविरुद्ध तीनवटा रिट निवेदन दर्ता भएका हुन् ।

अधिवक्ता माधव बस्नेत, दिपकराज जोशीलगायतले कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् । रिटमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत २२ गते डा.कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सकिने व्यवस्था छ । तर रिट निवेदनमा डा.कँडेलसँग निरन्तर १५ वर्ष कानून व्यवसायमा संलग्न रहने अनुभव नभएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?