संसदको दुवै सदनको अधिवेशन आह्वान

लोकपथ
168
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशनको आह्वान गरेका छन् ।

आगामी वैशाख १७ गतेका लागि राष्ट्रपति पौडेलले संसद्को दुवै अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १३ को उपधारा १ बमोजिम मंगलबारको मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । उक्त अधिवेशनमा संयुक्त सभालाई राष्ट्रपति पौडेलले सम्बोधन गर्नेछन् ।

यसलाई संसदको बजेट अधिवेशनको रुपमा समेत हेरिन्छ । आगामी जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?