तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
42
Shares

काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजु शिवनगर टोल बस्ने २२ वर्षीया सन्श्री श्रेष्ठ रहेकी छन् ।

आफ्नै घरमा रहेको गिजर चेक गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई मनमैजु लोकतान्त्रिक चोकस्थित शुभम् अस्पतालमा लगिएको थियो भने उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?