रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिटको पेसी वैशाख १० गतेलाई तोकियो

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्धको रिटका लागि वैशाख १० गते पेसी तोकिएको छ ।

चैत १५ गते न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले आठ वटा प्रश्नको व्याख्या गर्नुपर्ने भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । तर मिति भने तोकेको थिएन । 

मिति नतोकेपछि पेसी तोकेर सुनुवाइ यथाशीघ्र गर्न माग गर्दै कानुनका विद्यार्थी आयुष बडालले निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?