फेसबुकमार्फत शीर्ष नेतामाथि गोली हान्ने धम्की दिने युवक सिनामंगलबाट पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ थलरा गाउँपालिका–४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्ट रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफ्नो फेसबुक आइडी सानू भाइ नामक एकाउन्टबाट पुर्व प्रधानमन्त्री केपी ओली, पुर्व गृहमन्त्री रमेश लेखक, पुर्व मन्त्री दिपक खड्कालाई तुरून्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने छ जसका लागि एके–४७ जस्ता अत्याधुनिक हतियारहरू काठमाडौंमा भित्रिसकेको छ भनि पोष्ट गरी सर्वसाधारण जनमानसमा त्रास फैलाउने र आफुले भनेका कुराहरू नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण भिडियो समेत सार्वजनिक गरेको खुल्न आएको छ ।

उनलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?