महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा सहभागी हुन गएका एक युवकमाथि गएराति चक्कु प्रहार गरी हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरमाथि छातीमा चक्कु प्रहार भएको थियो ।
स्थानीय युवाहरुबीच आपसी विवाद हुँदा घाइते भएका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकोमा राति करिब २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार दुवै आरोपितलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखी घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया