काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह साढे १२ बजेका लागि तय गरिएको छ ।
बैठकमा नयाँ संसद् भवन तथा ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग विस्तृत छलफल हुने कार्यसूची रहेको छ ।
निर्माण कार्यको वर्तमान अवस्था, सम्पन्न गर्न बाँकी काम, समयसीमा तथा सम्भावित चुनौतीबारे समितिले विभागसँग जानकारी लिनेछ ।
संसद् भवन निर्माणलाई समयमै सम्पन्न गराउन तथा गुणस्तर सुनिश्चित गर्न समितिले आवश्यक सुझाव तथा निर्देशन दिने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया