काठमाडौं । उदयपुर जिल्लामा मंगलबार बिहान भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित बेल्टार बजारमा रहेका दुई वटा घरमा आज बिहान आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन् ।
आगलागी नियन्त्रणका लागि त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा प्रहरीको संयुक्त प्रयास गरिएको थियो। संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।
आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया