काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–१ सरिखेत बस्ने ४९ वर्षीय नवराज कार्की सोही ठाउँस्थित आफ्नै बारीमा मृत अवस्थामा फेला परेका छन् ।
यता बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ भगवती स्टिल प्रालि नजिकै सडकमा अन्दाजी ३५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बस्ने ७७ वर्षीय गणेश बहादुर थिङ नवलपरासीको पूर्व गैंडाकोट नगरपालिका–१३ सिख्रौली अनपेक्षे टोलस्थित नारायणी नदीमा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका–३ स्थित वन कार्यालय नजिकै रहेको फलैंचामा भारतको मुंवाई घर भएका ३४ वर्षीय राजु गणेश कामत मृत अवस्थामा भेटिएका छन् ।
घटनाका सम्बन्धमा सम्बन्धित स्थानको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया