काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सोमबार अभियानका प्रतिनिधिहरुले निगमको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।
यसअघि शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो संगठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगम घेर्ने चेतावनी दिएको थियो । सो संगठनका प्रवक्ता वीरजंग विश्वकर्माले इण्डियन आयल कर्पोरेशन बाट खरिद हुने पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाउँदै खरिद मूल्य, कर संरचना र मूल्यसूची सार्वजनिक गर्न माग गरे ।
उनका अनुसार मूल्य स्थिरीकरणका लागि उपलब्ध कोष तत्काल प्रयोग गरी उपभोक्तालाई राहत दिनुपर्ने, प्रशासनिक खर्च कटौती गर्दै कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न कडा अनुगमन गर्नुपर्ने तथा हालको आर्थिक संकट अन्त्य नभएसम्म पेट्रोलियम पदार्थको मल्यवृद्धि पूर्ण रूपमा रोक्नुपर्ने जेनजी नागरिक अभियानको माग रहेको छ ।
उनले सरकारले इन्धनमा कर तथा भन्सार छुट दिने निर्णय गरे पनि त्यसको लाभ उपभोक्तासम्म नपुगेको समेत बताए ।
निगमको कार्यालयमा केही समय नाराबाजी समेत गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया