अवैध लागूऔषध खैरो हेरोईन, कोकिन र ट्रामाडोलसहित ११ जना पक्राउ

लोकपथ
161
Shares

काठमाडौं । अवैध लागूऔषध खैरो हेरोईन, कोकिन र ट्रामाडोल क्याप्सुलसहित ११ जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले सञ्चालन गरेको लागूऔषध अपराधविरुद्धको अप्रेशनमा २०८२ चैत ३० गते देखि २०८३ वैशाख ४ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ११ जनासहित ठूलो संख्यामा लागूऔषध समेत बरामद गरिएको हो ।
ब्यूरोका सह–प्रवक्ता डीएसपी जिवन निरौलाका अनुसार उनीहरुको साथबाट लागूऔषध खैरो हेरोईन ७९ ग्राम, कोकिन ३३ ग्राम र औषधीजन्य लागूऔषध ट्रामाडोल १२,६०० क्याप्सुल बरामद गरिएको हो ।

डीएसपी निरौलाका अनुसार ब्यूरोले विभिन्न ३ अप्रेशन सञ्चालन गरेर उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा ईलामको देउमाईका सुजन पाखिन, झापाको झापा गाउँपालिकाका मिन कुमार चाहार, झापाकै शिवसताक्षी नगरपालिकाका आशिष भन्ने भगवती राई रहेका छन् ।

यसैगरी गोरखाको पालुङटार नगरपालिकाका सुनिल लामा, झापाको मेचीनगरका विवेक गौतम, भारतको उदयपुर जिल्ला भुपालपुरा थानाका हर्षित डाँगी, भारतकै राजस्थान जिल्ला, जयपुर आदर्शनगर थानाका मानिक गुलाटी रहेका छन् । यता नुवाकोटको विदुर नगरपालिकाका अनिल तामाङ, काभ्रेपलाञ्चोकको देझाली गाउँपालिकाका प्रदिप थापा मगर, नुवाकोट लिखु गाउँपालिकाका सरोज राई र मनाङको डिस्याङ गाउँपालिकाका सुमन गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?