चट्याङ लागेर किसानको मृत्यु

लोकपथ
14
Shares

बारा । बारामा चट्याङ लागेर एक किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभारका ३२ वर्षीय लुटावन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । खेतमा काम गरिरहेका उनलाई चट्याङ लागेको हो ।

प्रहरीका अनुसार ठुलो हुरी बताससहित आएको वर्षाका क्रममा छठिघाट नजिकको खेतमा काम गरिरहेका बेला चौधरीलाई चट्याङ लागेको हो । चट्याङ लागेपछि उनी खेतमै ढलेका थिए । 

घटनास्थलमै गम्भीर घाइते भएका चौधरीलाई सँगै रहेका स्थानीयले तत्कालै घरतर्फ लगेका थिए । तर घर पुर्‍याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक चौधरीका श्रीमती र दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?