सल्यानमा जन्ती बोकेको जिप दुर्घटना : चार जनाको मृत्यु, १४ जना घाइते

लोकपथ
168
Shares

काठमाडौं । सल्यानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । सो जिप सडकबाट ५० मिटर तल खसेको थियो । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतिर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ साढे ५ बजे बनगाड कुपिण्डे–१२ धाइरेमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, तीन जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

जिप दुर्घटनामा घटनास्थलमै निधन हुनेमा थाराका ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।  ३० वर्षीय  मनबहादुर थापाको भने उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा मृत्यु भएको हो ।

सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार घाइते १४ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ ।

उद्धारमा खटिएका वडा नम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए ।

सो जिप बनगाड कुपिण्डे ८ निवासी ३८ वर्षीय कुलबहादुर रानाले चलाएको जनाइएको छ । 

घाइतेहरु

बनगाड कुपिण्डे-८ बस्ने वर्ष ६४ का अम्मरसिहं कँवर (गम्भीर)

ऐ.ऐ. बस्ने वर्ष २७ को डम्मर घर्ती (गम्भीर)

ऐ.ऐ. बस्ने वर्ष ३० का जनक थापा (गम्भीर)

ऐ.ऐ. बस्ने वर्ष ४९ को भुपेन्द्र कँवर (गम्भीर)

ऐ.ऐ. बस्ने वर्ष ३० का भुलबहादुर थापा (गम्भीर)

ऐ.ऐ. बस्ने वर्ष ५६ का जुगसिहं पुन (गम्भीर)

ऐ.ऐ. बस्ने वर्ष ३८ का अम्मर पुन (मध्यम)

ऐ.ऐ. बस्ने वर्ष २८ का नरसिङ थापा (मध्यम)

ऐ.ऐ. बस्ने वर्ष २५ का प्रेमबहादुर घर्ती (मध्यम)

ऐ.ऐ. बस्ने वर्ष २५ का नरबहादुर थापा (मध्यम)

ऐ.ऐ. बस्ने वर्ष ३८ का कर्ण बहादुर थापा (मध्यम)

ऐ.ऐ. बस्ने वर्ष ४५ का लाल ब. घर्ती (मध्यम)

ऐ.ऐ. बस्ने वर्ष १५ का तिलक थापा (मध्यम)

ऐ.ऐ. बस्ने चालक वर्ष ३८ का कुलबहादुर राना (गम्भीर)

स्रोत : जिल्ला प्रहरी कार्यालय सल्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?