काठमाडौं । देशका केही स्थानमा अहिले पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा पनि वर्षा सुरु भएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
मौसमको यो अवस्थाका कारण केही स्थानमा क्षणिक रूपमा वर्षा र मौसम परिवर्तन देखिन सक्ने महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया