काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गरेका छन् ।
बिहीबार संघीय संसद सचिवालयमा उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसले खड्कालाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।
खड्कालाई विपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन गरेका छन् । यस्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सार्वजानिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ । सभापतिमा उम्मेद्वारी दर्ता गरेपछि सांसाद खड्काले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने परम्परा रहेको बताए । उनले सर्वसहमतिमा आफू सभापति हुनेमा आशावादी रहेको उल्लेख गरे ।
उनले भने, ‘यो प्रमुख प्रतिपक्षी दललाई नै सहमतिमा दिने भन्ने कुरा छ । यो जितहारको विषय नहोला, सर्वसम्बत तरिकाले निर्विरोध हुन्छ होला ।’
बिहीबार प्रतिनिधि सभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ । सोहीअनुसार उम्मेद्वारी दर्ता भइरहेको छ । सत्तारुढ दल रास्वपाले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ । रास्वपाको सबै समितिमा बहुमत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया