सबै मन्त्रीहरुको सम्पत्ति छानबिन हुन्छ : रवि लामिछाने

लोकपथ
98
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिले बहाल रहेका सबै मन्त्रीहरुको समेत सम्पत्ति छानबिन हुने बताएका छन् ।

अहिलेका मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरण अस्वभाविक रहेको भन्दै प्रश्न उठेपछि सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

सम्पत्ति विवरण बुझाउँदा नै स्रोत उल्लेख गरिएको हुने तर अस्वभाविक लागेमा सरकारले गठन गरेको छानबिन आयोगले सम्पत्ति छानबिन गर्ने उनले बताए ।

‘सम्पत्ति विवरण बुझाउँदा नै स्रोत लेखिएको कोलम हुन्छ । जहाँ बुझाइएको छ, नभए पनि हामीले छानबिन आयोग बनाइसकेका छौँ नि । छानबिन आयोगले अगाडिबाट छानबिन गर्र्दै जान्छ नि । हामी सबै छानबिनमा परिसक्यौँ नि,’ लामिछानेले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने ।

त्यस्तै उनले आफूहरु अरु भन्दा फरक नहुने बताउँदै सबै नेताहरुको सम्पत्ति छानबिन गर्न कुनै कन्जुस्याईँ नहुने बताए ।
‘हामी कोही पनि पब्लिक अडिटबाट पनि बाहिर छैनौँ, छानबिनबाट बाहिर छैनौँ । अरुलाई जे नियम लागू हुन्छ रास्वपाका नेताहरुलाई पनि त्यही नियम लागू हुन्छ । हामी अलग होइनौँ,’ उनले भने ।

संसदलाई मर्यादित ढंगले अघि बढाउन आफूहरु सचेत रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?