काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री, सांसददेखि स्वकीयहरुसम्मको लेबी तोकेको छ ।
आज बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्रीहरुको हकमा प्रति महिना १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ । त्यस्तै सांसदहरुले प्रतिमहिना १६ हजार ५ सय लेबी पार्टीमा बुझाउनुपर्ने र मन्त्रीहरुको स्वकीयले समेत २ हजार रुपैयाँ लेबी पार्टीलाई बुझाउनुपर्नेछ ।
बैठकपछि बोल्दै रास्वपा महामन्त्री एवं संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले सांसदहरुले स्वकीय राख्न पाउने व्यवस्था भएमा सो व्यवस्था हुने बताए । अहिले सांसदहरुले स्वकीय राख्न पाउने वा नपाउने भन्ने विषयमा छलफल जारी रहेको छ ।
‘मन्त्रीहरुको स्वकीय र भोलि सांसदहरुको पनि स्वकीय हुने भयो भने स्वकीयहरुका लागि २ हजार रुपैयाँ लेबी तोक्ने प्रस्ताव पारित भएको छ,’ उनले भने ।
त्यस्तै आजकै बैठकले संसदीय समितिको सभापति समेत टुंगो लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया