मर्स्याङ्दी नदीको ड्याममा डुबेर बेपत्ता भएका पुरुष मृत फेला

लोकपथ
112
Shares

तनहुँ । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन् ।

दुई दिनअघि नुहाउने क्रममा बेपत्ता भएका स्थानीय टीका मगरको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र सशस्त्र प्रहरी बल मनकामना गणको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको हो ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बेपत्ताको खोजीका लागि सोमबारदेखि नै टोली परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?