काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
रूपन्देहीको देवदह नगरपालिका–४ भवानीपुरस्थित सडकमा लु.४६ प १६८७ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका–८ बंगाली टोल बस्ने २२ वर्षीय दिपेश सारूको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, रुपन्देहीकै तिलोत्तमा नगरपालिका–१६ जुडास्थित सडकमा लु.२६ प ६१३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१५ पथ्थरडाँडा बस्ने १७ वर्षीय सन्तोष थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–४ स्थित सडकमा ग.१० प ५९९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय बिमल थारू र मोटरसाइकलमा सवार २३ वर्षीय कृष्ण थारूको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित सडकमा को.प्र ०५–००१ ह ०६८५ नम्बरको सिटीसफारी दुर्घटना हुँदा सिटीसफारीमा सवार रौतामाई गाउँपालिका–७ मुर्कुची बस्ने दिपक मग्रातीको छोरा ४ वर्षीय सुरज मग्रातीको मृत्यु भएको छ ।
मंगलबार दिउँसो भएको दुर्घनामा गम्भीर घाइते भएका उनलाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटीसफारी चालकको नोबल अस्पताल विराटनगर र सिटीसफारीमा सवार अन्य १ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
यस्तै, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ नयाँपुलस्थित सडकमा बा.प्र ०२–०४९ प ७७६२ नम्बरको मोटरसाइकल र बा.प्र ०३–०२–००१ प ९०७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बा.प्र ०२–०४९ प ७७६२ नम्बरको मोटरसाइकल चालकको सुनकोशी गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवन खत्रीको मृत्यु भएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही बाइकमा सवार १ जनाको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ भने बा.प्र ०३–०२–००१ प ९०७६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–७ गुलरास्थित सडकमा सु.प.प्र.०१–००१ ज १४२१ नम्बरको हायसले सु.प.प्र.०१–०१३ प ५१३९ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनार रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हायस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ सानोठिमीस्थित सडकमा बा.८८ प ५०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक घर भएका २५ वर्षीय मनिष न्यौपानेको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया