ट्रम्पले भने– ‘दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्छ’

लोकपथ
70
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई दिनभित्रै पुनः वार्ता हुनसक्ने संकेत गरेका छन् । न्युयोर्क पोस्टसँगको कुराकानीमा उनले इरानसँगको कूटनीतिक संवाद चाँडै अघि बढ्न सक्ने बताएका हुन् ।

उनका अनुसार वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमै पुनः सुरु हुन सक्ने सम्भावना छ । ‘दुई दिनभित्रै इस्लामाबादमा वार्ता अघि बढ्न सक्छ, हामी वार्तातर्फ उन्मुख भइरहेका छौँ, ट्रम्पले भनेका छन् ।

यसअघि गत शुक्रबार इस्लामाबादमा अमेरिका र इरानबीच करिब २१ घण्टा लामो वार्ता भएको थियो । तर उक्त वार्ता कुनै ठोस निष्कर्षमा पुग्न सकेन ।

इरानले भने वार्ता असफल हुनुको कारण अमेरिकाले अत्यधिक सर्तहरू राख्नु भएको आरोप लगाएको छ । वार्तामा दुवै पक्षबीचका मतभेद कायम रहेकाले तत्काल कुनै सहमति हुन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?