धनगढी । कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२ अमरैयाका ५४ वर्षीय बुरु (बिरा) राना रहेका प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरले उनलाई २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो । तर, फैसला भएपछि उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया