प्रधानमन्त्री बालेनले भोलि समानुपातिक सांसदहरुसँग भेटघाट गर्ने

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तक्रिया गर्ने भएका छन् ।

प्रधानमन्त्री बालेनले भोलि (बुधबार) ११० जना जना नै समानु्पातिक सांसदहरुसँग भेटघाट एवं अन्तक्र्रिया गर्ने भएका हुन् ।

भोलि मध्यान्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटघाटको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सांसदहरुले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने बताइएको छ ।

यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको बताइएको छ ।

त्यसो त यसअघि प्रधानमन्त्री बालेनले प्रत्यक्ष निर्वाचित सबै प्रतिनिधि सभा सदस्यहरुसँग भेटघाट गरेका थिए । तर समानुपातिक सांसदहरुलाई भेट नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना समेत भएको थियो । समानुपातिक सांसदहरुलाई मतलब नगरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री बालेनले समानुपातिक सांसदहरुसँग पनि भेट्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?