सशस्त्रकी असई निम दिकी शेर्पाले गरिन् लोबुचे पिक हिमालको सफलतापूर्वक आरोहण

लोकपथ
301
Shares

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पाले लोबुचे पिक हिमालको सफलतापूर्वक आरोहण गरेकी छिन् । 

उनले नयाँ वर्षको पहिलो दिन आज मंगलबार बिहान ८ बजेर ५७ मिनेट जाँदा ६ हजार ११९ मिटर अग्लो लोबुचे पिक हिमालको सफलतापूर्वक आरोहण गरेकी हुन् । 

शेर्पा सशस्त्र प्रहरी बलको पहिलो महिला सशस्त्र प्रहरी कर्मचारीको रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी छिन् । 

यही सिजनमा सगरमाथा र ल्होत्से शिखर चढ्ने अभियानको क्रममा उनले आज लोबुचे हिमालको सफलतापूर्वक उचाइ चुम्न सफल भएकी हुन् । 

सशस्त्र प्रहरी बल बाट दुई जना पुरुष सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक दन्तबहादुर छन्त्यालले सगरमाथा शिखर अभियान सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?