हर्क साम्पाङ भन्छन्– ‘मेरो नाममा कुनै व्यक्तिगत सम्पत्ति छैन’

लोकपथ
56
Shares

काठमाडौं । श्रम संस्किृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले आफ्नो नाममा कुनै व्यक्तिगत सम्पत्ति नरहेको दाबी गरेका हुन् ।

उनले पुख्यौली सम्पत्तिका रूपमा केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा केही पाखाबारी, खरबारी, बाँस र उतिसका घारी मात्र रहेको जानकारी दिए ।

उनका अनुसार उक्त पुख्यौली थलो भिरालो पाखामा रहेको छ र दाजुभाइ तथा दिदीबहिनीबीच हालसम्म बाँडफाँट भएको छैन ।

उनले भनेका छन्, ‘मेरो बाउबाजेको केपिलासगढी–२ चोखाने गाउँमा केही खेतबारी छ, जुन आमाको नाममा रहेको छ । त्यहाँ पाखारेखा, खरबारी, बाँस र उतिस घारी मात्र छन् ।’

व्यक्तिगत आम्दानीबारे स्पष्ट पार्दै उनले वैदेशिक रोजगारीका क्रममा जम्मा गरेको ४–५ तोला सुन र बैंकमा २–४ लाख रुपैयाँ मात्र रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?