सुनचाँदी दुवैको मूल्य बढ्यो, आज कतिमा भइराखेको छ कारोबार ? 

लोकपथ
378
Shares

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, नयाँ वर्षको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । 

यसअघि वर्ष २०८२ को अन्तिम दिन हिजो सोमबार सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?