काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।

उनीहरूको साथबाट खैरो हेरोइन २२४ ग्राम र अफिम ५२ ग्रामसहित १० जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको हो ।

ब्युरोबाट खटिएको प्रहरीले झापाको गौरीगञ्ज गाउँपालिका–३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौं महानगरपालिका ३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो ।

यसैगरी, दोलखाको शैलुङ गाउँपालिका–२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रेको नमोबुद्ध नगरपालिका–२ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहितबहादुर राना र पर्साको ठोरी गाउँपालिका–४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७६० मिलिग्रामसहित पक्राउ गरेको हो ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई किलो ९६० ग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीलंकन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?