दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गरौँ : गगन थापा

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको हितका लागि सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिँदै उनले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन् ।

थापाले शान्त, सभ्य र समृद्ध राष्ट्र बनाउन सबै दल र सम्बन्धित निकाय एकजुट हुनुपर्नेमा जोड दिए । उनले जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धिलाई जोगाउँदै भविष्यका चुनौती सामना गर्न पनि एकता आवश्यक रहेको बताए ।

उनका अनुसार अब सुशासन बलियो बनाउँदै आर्थिक विकास र समृद्धितर्फ अघि बढ्ने सही समय आएको छ ।

नयाँ वर्षले नेपालीबीच एकता, सद्भाव र सहकार्य बढाओस् भन्ने कामना गर्दै उनले सबैलाई नयाँ ऊर्जा र उत्साह मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?