निर्वाचनमा पराजयबारे विश्वप्रकाश शर्मा : चरम गुटबन्दी र चरम वितृष्णाले पार्टीले हार बेहोर्नुपर्‍यो [समीक्षा प्रतिवेदनसहित]

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भएको हारको प्रारम्भिक समीक्षा गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदन १३ पानाको रहेको छ । 

उनले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरेका छन् ।

‘लोकतन्त्रमा प्रश्नलाई सदैव प्रोत्साहित र फरक मतलाई सदैव सुरक्षित गर्नै पर्दछ तर, पार्टीको आन्तरिक जीवनमा हामीले कतिपय बेला जायज प्रश्नहरूलाई पनि नजरअन्दाज गर्‍यौँ, कतिपय बेला फरक मतका नाममा गुटबन्दीको अभ्यास चर्कैसँग गर्‍यौँ । विचार समूहलाई समर्थन गरिरहँदा विचारलाई होइन व्यक्तिलाई केन्द्रमा राख्यौँ । विमति पनि हामीले तर्कसँग होइन व्यक्तिसँग राख्यौँ,’ उनले भनेका छन्, ‘गुटबन्दीको यो चित्र प्राय सबै दलभित्र उस्तै उस्तै चरित्रका रूपमा विद्यमान थिए । जसबाट पार्टीका इमानदार सदस्यहरू आजित थिए, अनि नागरिक पंक्तिमा गुटबन्दीको स्वरप्रति वितृष्णा थियो ।’

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी३८ सिट मात्रै जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?