कञ्चनपुरका तिनै क्षेत्रमा रास्वपाको अग्रता, कसले कति मत ल्याए ?

लोकपथ
77
Shares

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरका तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा २६८० मत गणना हुँदा रास्वापाका उम्मेदवार जनक धामी ९८३ मत नेपाली कांग्रेसको गोपीप्रसाद उपाध्यायले ३७३ नेकपा एमालेका तारा लामा तामाङले ५२४ मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बिना मगरले ३८६ मत प्राप्त गरेका छ्न् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ४४४७ मतको गणना हुँदा रास्वपाका दिपक बोहराले २४२७ मत, नेपाली कांग्रेसका नारायण प्रकाश साउद (एनपी साउद) ले ९३६, नेकपा एमालेका उम्मेदवार वचन बहादुर सिंहले ६२५ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का महेश पन्तले २२८ मत प्राप्त गरेका छ्न् ।

यता कञ्चपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा १७४८ मत गणना हुँदा रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सिंह महताले ७८५, नेपाली कांग्रेसका हरि प्रसाद बोहराले ३००, नेकपा एमालेका डा. दिपक प्रकाश भट्टले १७१ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मान बहादुर सुनारले १०९ मत प्राप्त गरेका छ्न् ।

कञ्चनपुर जिल्लाका तिनै निर्वाचन क्षेत्रका तीन लाख १४ हजार ३८५ मतदाता रहेकोमा एक लाख ८४ हजार ३१६ मत खसेको थियो ।
कञ्चनपुरका कूल मतदाताको ५८ दशमलव ८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख अधिकृत हरिशचन्द्र जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?