काठमाडौं । काडमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डोलप्रसाद अर्यालले फराकिलो अग्रता बनाउन थालेका छन् । बिहान ९:१५ बजेसम्मको अपडेटमा अर्यालले २७०२ मत प्राप्त गरेका छन् ।
अर्याललाई नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ४७० मतका साथ पछ्याइरहेकी छिन् ।
उनी अर्यालभन्दा २२३२ मतले पछाडि परेकी छिन् ।
नेकपा एमालेका डा. अजय क्रान्ति शाक्यको ३६४ मत मात्रै रहेको छ । उनी अर्यालभन्दा २३३८ मतले पछाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया