काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् ।
प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत प्राप्त गरेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियाले ५९१ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै, नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया