३१ क्षेत्रमा रास्वपाको अग्रता

लोकपथ
679
Shares

काठमाडौं । देशका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ ।

शुक्रबार बिहान ८ बजेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार ३१ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारहरूले अग्रता बनाएका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

कुल १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा हालसम्म प्राप्त प्रारम्भिक मतपरिणामअनुसार अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि देखिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चार निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन् भने नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले एक–एक क्षेत्रमा अग्रता बनाएका छन् ।

हालसम्म कुनै पनि निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छैन भने मतगणना कार्य निरन्तर जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?