काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भने आंशिक बदली भई हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशका हिमाली, पहाडी र तराई भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ । मधेश प्रदेशका तराईका केही स्थानमा पनि मुख्यतया मौसम सफा रहनेछ ।
बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान छ भने गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागमा पनि मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया