राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीकाे भेट, निर्वाचनबारे ‘ब्रिफिङ’

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् ।

प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्की शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था र व्यवस्थापन पक्षबारे राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आवश्यक सबै तयारी पूरा गरेको जानकारी  दिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?