काठमाडौं । शंकास्पद गतिविधि गर्ने मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ ।
निर्वाचन आयोगले बागलुङको रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रका लागि खटाइएका मतदान अधिकृत प्रकाश गैरेको जिम्मेवारी खोसेको हो ।
आयोगका अनुसार बागलुङका दुई वटै निर्वाचन क्षेत्रका लागि मतदान अधिकृत तथा कर्मचारीहरुको लागि सामाजिक सञ्जालमा ह्वाट्सएप ग्रूप बनाइएको थियो ।
उक्त ग्रूपमा गैरेले अन्य मतदान अधिकृत कर्मचारीहरुको समेत मनोबल गिराउने काम गरेको भन्दै आयोगले उनको जिम्मेवारी कटौती गरेको हो ।
उनको क्रियाकलापले निष्पक्ष निर्वाचन गर्न सक्ने अवस्था नदेखिएको समेत आयोगले जारी गरेको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया