एकैदिन ११ हजारले घट्यो सुनको मूल्य, चाँदीमा पनि उच्च गिरावट

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल  सुन प्रतितोलामा ११ हजारले घटेको हो ।

अघिल्लो दिन ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको  सुनको मूल्य आज ११ हजारले घटेर तीन लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

 त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।   महासंघका अनुसार आज चाँदी २७५ रुपैयाँले घटेर पाँच हजार ५४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?