स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी 

लोकपथ
259
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिएका छन् ।  

इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो सैन्य आधार क्षेत्र (बेस) प्रयोग गर्न अनुमति नदिएपछि ट्रम्पले स्पेनविरुद्ध यस्तो चेतावनी दिएका हुन्  । 

सोही क्रममा उनले आफू बेलायतसँग पनि खुसी नरहेको बताए । ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको वार्ताको सुरुमा सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले आफूहरू स्पेनसँगको सबै व्यापार बन्द गर्न गइरहेको बताए । 

अमेरिकाले स्पेनसँग कुनै सम्बन्ध राख्न नचाहेको  उनको भनाइ छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले सोमवार संसदमा बोल्दै इरानमाथि भइरहेको अमेरिका–इजरायलको आक्रामक हमलामा बेलायत सहभागी नहुने स्पष्ट पारेका थिए  । 

मंगलबार ओभल अफिसमा भएको भेटमा चान्सलर मर्जले ट्रम्पलाई इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्ध जतिसक्दो चाँडो अन्त्य हुनेमा जर्मनीले आशा राखेको बताए ।  शनिबार बिहानैदेखि अमेरिका र इजरायलले इरानविरुद्ध विशाल सैन्य अभियान सुरु गरेयता ट्रम्पलाई प्रत्यक्ष भेट्ने मर्ज पहिलो विदेशी नेता हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?