काठमाडौं । मंगलबार बिहान काठमाडौंका विभिन्न क्षेत्रमा गाडीमा आगजनी गर्ने दुई जना पक्राउ परेका छन् ।
काठमाडौंको नैकाप र सुकेधारामा आज बिहान दुई वटा गाडीमा आगजनी भएको थियो ।
ती गाडीमा आजगनी गरेको आरोपमा पक्राउ पर्नेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ का ५५ वर्षीय कृष्ण मिजार छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुलाई मंगलबार अपरान्ह चन्द्रागिरीबाट पक्राउ गरिएको हो ।
उनीहरूले मंगलबार बिहान नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा पनि अर्को बिएए २८३६ नम्बरको कार आगजनी गरेका थिए ।
उक्त गाडी जलेका स्थानहरुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको फोटोसहित सन्देश लेखिएको पर्चा फेला परेको थियो । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँ भने हाल प्रहरी हिरासतमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया