काठमाडौं । धनुषा क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका साहको उम्मेदवारी खारेज गरेको हो ।
यसअघि नै साह कालोसूचीमा रहेको उजुरी परेको थियो । आयोगले आवश्यक अनुसन्धान गरी प्रमाण पुगेपछि उनको उम्मेदवारी नै खारेज गरिदिएको हो ।
धनुषा क्षेत्र नं १ मा साहसहित ४२ जनाको उम्मेदवारी परेको थियो । जसमा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट रामपल्टन साह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मातृकाप्रसाद यादव, राप्रपाबाट मनोज मल्ल ठकुरी लगायतको उम्मेदवारी परेको छ ।
फागुन २१ गते बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचनको दुई दिन अघि मात्रै आयोगले उम्मेदवारको उम्मेदवारी खारेज गरिदिएको हो । त्यसो त प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्र मध्ये अब रास्वपाको १६३ सिटमा मात्रै उम्मेदवार कायम भएको छ । मनाङमा रास्वपाको उम्मेदवारी नै परेका थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया