सशस्त्रद्वारा भक्तपुरबाट इन्सास राइफलसहित एक जना पक्राउ, गोली पनि बरामद

बरामद हतियार र गोली जेनजी आन्दोलनका क्रममा लुटिएको आशंका

लोकपथ
266
Shares

काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईंलाई सो हतियारसहित नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार, उनको कोठाबाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउन्ड २ वटा, सर्ट गनमा लाग्ने राउन्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ । 

उनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको उनले बताए । 

सो राइफल तथा हतियारमा लाग्ने गोली गत २३ र २४ भदौको जेनजी आन्दोलनमा लुटिएको आशंका गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?