नयाँबानेश्वरमा फोहोर बोक्ने टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

लोकपथ
308
Shares

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालअगाडि टिपरको ठक्करबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । 

प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार बद्री कोइरालालाई आज बिहान ८ः४५ बजे बा.२ क ३२२९ नम्बरको टिपरले ठक्कर दिएकोमा उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षीय कोइरालालाई फोहोर बोक्ने टिपरले ठक्कर दिएको थियो । उनी नायब सुब्बा पदका कर्मचारी भएको जनाइएको छ । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उनलाई बिहान ८ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको बताए । 

टिपर चालक गोरखाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापामगर रहेको जनाइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?