रुपन्देहीको देवदहमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

लोकपथ
84
Shares

बुटवल । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टका अनुसार दुर्घटनामा परी देवदह–७ निवासी २८ वर्षीय सुनिल पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र ०१–००१ ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९२ प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो । दुर्घटना राति करिब साढे १० बजे भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा देवदह–५ का २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । दुवैजनालाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको भए पनि पाण्डेको उपचारका क्रममा ज्यान गएको हो । घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?