साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण, सामान्य क्षति

लोकपथ
42
Shares

काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ ।

साउदीको रक्षा मन्त्रालयका अनुसार दूतावासको भवनमा दुईवटा ड्रोनले आक्रमण गरेका हो  । 

आक्रमणपछि सामान्य आगलागी भएको र भवनमा केही क्षति पुगेको दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जनाएको छ ।

साउदी अरबमा रहेको अमेरिकी मिशनले रियाद, जेद्दा र धहरानमा बस्नेहरूलाई घरमै सुरक्षित रहन आग्रह गरेको छ ।

शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए । त्यसपछि इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अखडाहरू र इजरायलतर्फ पनि आक्रमण जारी राखेको जनाएको छ ।

यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावास आसपासबाट आक्रमण भएको थियो । त्यसपछि दूतावासले सर्वसाधारणलाई त्यहाँ नआउन र घरमै बस्न अनुरोध गरेको थियो ।  

युएईको एक विमानस्थलमा भएको आक्रमणमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो। अहिले पनि केही स्थानमा खतराको साइरन बजिरहेको र आकाशमा ड्रोन देखिएको जनाइएको छ ।

मध्यपूर्वमा बढ्दो तनावका कारण खाडी क्षेत्रमा रहेका नेपालीहरू पनि त्रसित भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?